+
+
WC Series
विराटनगर किंग्स 2025
85/5 (13.5)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

बुधबार बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १५:१७

१७ मंसिर, काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा घोषणा गरेका छन् ।

विश्वासको मत लिन बुधबार दिउँसो २ बजे डाकिएको बैठकमा प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामा घोषणा गरेका हुन् ।

‘आजकै मितिबाट राजीनामा दिन्छु । र, प्रदेश प्रमुखको कार्यालयमा गएर राजीनामा बुझाउँछु,’ उनले भने ।

सर्वोच्च अदालतले आफूलाई संविधानको १६८ को ३ को सरकार वैध तोकेर विश्वासको मत लिन भनेपछि अहिले विपक्षी दलका सांसदहरू आँखा समेत जुधाउन सक्ने स्थितिमा नरहेको उनले धारणा राखे ।

मुख्यमन्त्री यादव विश्वासको मतको लागि आफ्ना मन्तव्यसहितको प्रस्ताव राख्ने क्रममा विपक्षी दलका सांसदहरू प्रदेश सभा बैठक छाडेर निस्केका थिए ।

सात दलीय गठबन्धनलाई लक्षित हुनेगरी आफ्ना धारणा राख्न थालेपछि काँग्रेससहितका विपक्षी दलहरू बैठकबाट निस्केका थिए । सदनमा सत्ता पक्ष एमाले, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका सांसद मात्र सदनमा उपस्थित थिए ।

‘मैले यो कुर्सीसँग विश्वासको मत मागे । आज एमालेको दलको नेताले विश्वासको मत माग्दा, हामीसँग आँखा अगाडि नै विश्वासको मत दिन्न भनेर गएका छन् । आँखामा आँखा जुधाएर कुरा गर्ने आँट भएन, त्यसैले उहाँहरू भाग्नु भयो,’ उनले भने ।

नेकपा एमालेका संसदीय दलका नेता यादव संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसितमा गत कात्तिक २३ गते राति मुख्यमन्त्री नियुक्त भएका थिए । कात्तिक २४ गते बिहान बर्दिबासको कालापानीस्थित पानस होटेलमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।

त्यस घटनाले मधेश अशान्त बनेको थियो । नेपाली काँग्रेससहितको सातदलीय गठबन्धनका ७३ जना प्रदेश सांसदले सर्वोच्च अदालतमा कात्तिक २५ गते रिट सरकार गठनविरुद्ध रिट दायर गरेका थिए ।

त्यसमा परमादेश जारी गर्दै सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश गरेको थियो । यस्तै लिन नसकेको खण्डमा पुन: संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?