१८ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले सन्डरल्यान्डसँग संघर्षपूर्ण बराबरी खेलेको छ । लिभरपुलकै घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो ।
खेलमा सन्डरल्यान्डले ६७औं मिनेटमा चेम्सडिन ताल्बीको गोलमा अग्रता लिएको थियो । ८१औं मिनेटमा नोडी मुकिएलेबाट आत्मघाती गोल भएपछि लिभरपुल हारबाट जोगियो ।
यस सिजन खराब प्रदर्शन गरिरहेको लिभरपुलको यो छैटौं हार हो । लिभरपुल १४ खेलमा २२ अंक जोडेर सातौं स्थानमा छ । सन्डरल्यान्ड भने २३ अंकका साथ छैटौं स्थानमा छ ।
गएराति नै भएको खेलमा शीर्ष चारको क्लब चेल्सीले भने हार बेहोरेको छ । चेल्सीलाई लिड्स युनाइटेडले ३-१ गोलअन्तरले पराजित गरेको हो ।
लिड्को जितमा जाका बिजोल, एओ तनाका र डोमिनिक क्यालभर्ट लेविनले १-१ गोल गरे । चेल्सीका पेड्रो नेटोले एक गोल फर्काए पनि खेलमा फर्कन सकेन ।
हारपछि चेल्सी १४ खेलमा २४ अंकका साथ चौथोमा सीमित छ भने लिड्स १४ अंक जोडेर १७औं स्थानमा छ ।
प्रतिक्रिया 4