१८ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले शानदार लय कायमै राखेको छ । लिगअन्तर्गत गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई पराजित गरेको छ।
मिकेल मेरिनो र बुकायो साकाले १-१ गोल गरेपछि घरेलु मैदानमा आर्सनल २-० ले विजयी भयो ।
मेरिनोले ११औं मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । साकाले इन्जुरी समयमा गोल थप्दै २-० को जित पक्का गरे ।
जितपछि शीर्षस्थानको आर्सनलको १४ खेलमा ३३ अंक भएको छ । पराजित ब्रेन्टफोर्ड १९ अंकसहित १३औं स्थानमा छ ।
प्रतिक्रिया 4