+
+
Shares

सिटिजन्स बैंकले पायो ‘बैंक अफ द इयर २०२५’ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते ११:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटिजन्स बैंकले लण्डनमा आयोजित समारोहमा फेरि बैंक अफ द इयरको अवार्ड पाएको छ।
  • बैंकका सीईओ गणेशराज न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका छन्।
  • यो अवार्ड प्राविधिक स्तरोन्नति, नयाँ प्रडक्ट र वित्तीय समावेशीकरणमा बैंकको अग्रसरतालाई आधार मानिन्छ।

१८ मंसिर, काठमाडौं । सिटिजन्स बैंकले फेरि बैंक अफ द इयरको अवार्ड पाएको छ । लण्डनमा आयोजित विशेष समारोहमा बैंकका सीईओ गणेशराज न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका छन् ।

विभिन्न १३२ मुलुकका प्रतिष्ठित बैंकले यो अवार्ड पाएका छन् । जसमा नेपालबाट सिटिजन्सले यो अवार्ड हात पारेको हो ।

प्राविधिक स्तरोन्नति, नयाँ प्रडक्ट, वित्तीय समावेशीकरण, दिगोपनमा प्रभाव लगायत पक्षमा बैंकले लिने गरेका अग्रसरतालाई मुख्य आधार बनाउँदै डिसेम्बर ४ का दिन बैंक अफ दी इयरको अवार्ड प्रदान गरिँदै आएको छ ।

यसअघि सन् २०२४ मा पनि सिटिजन्सले नै बैंक अफ दी इयरको अवार्ड पाएको थियो । यो उपलब्धीले ग्राहक, सेयरधनी तथा कर्मचारीको विश्वासलाई प्रतिबिम्वित गर्ने बैंकका सीईओ न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?