News Summary
Generated by OK AI. Editorially reviewed.- स्पोटिफाईले सन् २०२५ को सबैभन्दा धेरै सुनिएका संगीतकर्मी प्योर्टो रिकन स्टार ब्याड बन्नी भएको जनाएको छ।
- ब्याड बन्नीको एल्बम ‘डेबी तिरार मास फोटोस’ वर्षको सबैभन्दा धेरै सुनिने एल्बम बनेको छ।
- स्पोटिफाई र्याप्डले प्रयोगकर्ताको संगीत र पोडकास्ट सुन्ने बानीको व्यक्तिगत तथ्यांक उपलब्ध गराउँछ।
काठमाडौं । यस वर्षको ‘स्पोटिफाई र्याप्ड’ रिलिज गरिएको छ, जसले प्रशंसकलाई गत वर्ष उनीहरूको संगीत सुन्ने बानीको व्यक्तिगत तथ्यांक पनि उपलब्ध गराउँछ ।
उक्त स्ट्रिमिङ प्लाटफर्मका अनुसार, प्योर्टो रिकन स्टार ब्याड बन्नी सन् २०२५ मा विश्वमा सबैभन्दा धेरै सुनिएका संगीतकर्मी बनेका छन् । उनलाई १९.८ अर्ब भन्दा धेरैपटक सुनिएको छ ।
उनको प्रशंसित एल्बम ‘डेबी तिरार मास फोटोस’ स्पोटीफाई सूचीमा वर्षको सबैभन्दा धेरै सुनिने एल्बम पनि बनेको छ । यो सफलतापछि ब्याड बन्नीलाई अर्को वर्षको बहुचर्चित सांगीतिक कार्यक्रम सुपर बाउल हाफ टाइममा पनि प्रस्तुति दिने बाटो पनि खुला भएको छ ।
उनी लगातार चौंथो वर्ष धेरै सुनिने संगीतकर्मीको स्पोटीफाई सूचीमा सामेल भएका हुन् । लगातार चौंथो वर्ष धेरै सुनिने रेकर्ड पनि उनको नाममा रहेको स्पोटीफाईले जनाएको छ ।
यसवर्ष सबैभन्दा धेरै सुनिने सूचीको दोस्रो स्थानमा छिन् टेलर स्विफ्ट । तेस्रो स्थानमा विकेन्ड, चौंथोमा ड्रेक, पाँचौमा बिली इलिस, छैटौंमा केन्ड्रिक लामार, सातौंमा ब्रुनो मार्स, आठौंमा एरियाना ग्रान्डे, नवौंमा अरिजित सिंह, दशौंमा फुएज रिजिडा र एघारौंमा लेडी गागा छन् ।
स्पोटीफाई र्याप्ड पहिलो पटक सन् २०१६ मा सुरु भएको थियो, र हरेक वर्ष वृहत हुँदै गैरहेको छ ।
यसले प्रयोगकर्ताको सबैभन्दा धेरै बजाइएका गीतहरू, मनपर्ने कलाकारहरू र शीर्ष पोडकास्टहरू छुट्याउन उनीहरूको सुन्ने बानीको विवरण संकलन गर्दछ ।
प्रतिक्रिया 4