+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
९६ बलमा १४८ रन आवश्यक
चितवन राइनोज 2025
22/1 (3.6)
Shares

सिन्धुली–रामछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जोडिँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा ७० मिटर लम्बाइको बेली ब्रिज जडान सुरु भएको छ।
  • भारतले अनुदानमा उपलब्ध गराएको १० मध्ये एउटा बेली ब्रिज खैरेनीघाटमा जडान गर्न लागिएको हो।
  • ऊर्जा मन्त्री कुलमान घिसिङले पुलमा क्षति पुगेपछि छिटो काम सम्पन्न गर्न निर्देशन दिएका छन्।

१८ मंसिर, काठमाडौं । सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली ब्रिज जडान सुरु भएको छ ।

गत वर्षको असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक नजिक खैरेनीघाटको पक्की पुललाई क्षति पुर्‍याएपछि उक्त स्थानमा बेली ब्रिज जडान गर्न लागिएको हो ।

उक्त स्थानमा ७० मिटर लम्बाइ भएको बेली ब्रिज जडान हुनेछ । सिंगल लेन पुलको भार वहन क्षमता २० टन रहेको छ ।

विपद्बाट क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालन गर्न नेपाल सरकारको अनुरोधमा भारतले उक्त बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो । भारतले उपलब्ध गराएका १० वटा बेली ब्रिजमध्ये एउटा खैरेनीघाटमा जडान गर्न लागिएको हो ।

बेली ब्रिज खैरेनीघाटसम्म ढुवानी भइसकेको छ । जडानका लागि प्राविधिकहरू भारतबाट निर्माणस्थल पुगिसकेका छन् । बाढीले पुलसम्म पुग्ने सडक क्षति पुर्‍याएको थियो । उक्त स्थलसम्म पुग्ने सडकको ट्रयाक खोलिसकिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार खैरेनीघाट क्षेत्रको स्थलगत निरीक्षण गरी बेली ब्रिज जडानका बारेमा जानकारी लिएका छन् ।

मन्त्री घिसिङले विपद्का कारण पुलमा क्षति पुग्दा रामेछापका सुनापति, खाँडादेवी, दोरम्बा, काभ्रेपलाञ्चोकको चौंरीदेउराली लगायतका क्षेत्रको तराई र काठमाडौंसँग सडक सम्पर्क टुटेको भन्दै जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिए ।

उनले गत असोजमा पनि त्यस क्षेत्रको भ्रमण गरी उक्त स्थानमा बेली ब्रिज जडानका लागि सडक विभागका अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?