News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी गर्न गरेको प्रदर्शन देखाउने वेब-श्रृंखला 'नवयुग' सार्वजनिक भएको छ।
- नाट्यकर्मी सुनील पोखरेल र हाँस्यकलाकार सन्तोष पन्तले 'नवयुग' सिरिजमा भ्रष्टाचार, बेथिति र राजनैतिक बेइमानीविरुद्ध खबरदारी गरेका छन्।
- श्रृंखलामा पोखरेलले आदित्य गुरुको भूमिका निभाएका छन् भने सन्तोष पन्तले नेताको भ्रष्टाचारको प्रतीक 'धमिरे' को अभिनय गरेका छन्।
काठमाडौं । जेनजी पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी गर्न गरेको प्रदर्शन देखाउने वेब-श्रृंखला सार्वजनिक भएको छ ।
कलाकारिताका दुई हस्ती नाट्यकर्मी सुनील पोखरेल र हाँस्यकलाकार सन्तोष पन्तलगायत कलाकारले जागरणमूलक यस्तो श्रृंखला थालेका हुन् ।
सिरिज ‘नवयुग’ मार्फत देशमा भइरहेको भ्रष्टाचार, बेथिति, कुसंस्कार, कुरीति र राजनैतिक नेतृत्वले गरेको बेइमानीविरुद्ध खबरदारी गर्न उनीहरू एकैसाथ श्रृंखलामा देखिएका हुन् ।
पोखरेल लामो समयदेखि चलचित्र र नाटकमा देखिएका थिएनन् । उनले गत भदौ २३ र २४ को युवाहरुको प्रदर्शनपछि पर्दामा आउनु परेको बताए ।
युवाहरु परिर्वतन चाहन्छन् । कुशासनको अन्त्य र सुशासनको सुरुआत सम्भव छ । देश युवापुस्तालाई हस्तान्तरण गर्नैपर्छ भन्ने श्रृंखलामार्फत दिन खोजिएको छ । स्वदेशमै केही गर्न सम्भव छ, विदेसिनु हुन्न भन्ने कथाको मूल सन्देश हो ।
नेताले देश खाए भन्ने प्रतिबिम्बका रुपमा सन्तोष पन्तले ‘धमिरे’ को भूमिकाको अभिनय गरेका छन् । अभिनेता पोखरेल आदित्य गुरु बनेर समाजलाई सकारात्मक दिशामा लैजान सम्भव छ भन्ने प्रेरणादायी गुरुका रुपमा देखिएका छन् ।
श्रृंखलालाई दीपक बस्नेतले लेखन तथा निर्देशन गरेका हुन् । टेलिचलचित्र नवयुग दिप क्रियटिभ युट्युब च्यानलबाट स्ट्रिमिङ भएको हो ।
प्रतिक्रिया 4