News Summary
Generated by OK AI. Editorially reviewed.- लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ।
- स्पोटीफाईले सार्वजनिक गरेको ‘स्पोटीफाई र्याप्ड’ सूचीमा ‘डाई विथ अ स्माइल’लाई १.७ अर्ब पटक सुनेको तथ्य उल्लेख गरिएको छ।
- के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’की स्टार ‘रोजी’सँग मिलेर ब्रुनो मार्सले गाएको ‘एपीटी’ गीत तेस्रो स्थानमा रहेको छ।
काठमाडौं । लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ ।
विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्याप्ड’ को सूची सार्वजनिक गरेको छ जसमा उक्त गीत शीर्षस्थानमा छ । उक्त गीतलाई १.७ अर्ब पटक सुनिएको छ ।
रोचक के छ भने के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ स्टार ‘रोजी’सँग मिलेर ब्रुनो मार्सले गाएको अर्को बहुचर्चित ‘एपीटी’ गीत तेस्रो स्थानमा छ । दोस्रो स्थानमा भने बिली इलिशको ‘बर्ड्स अफ अ फिदर’ छ ।
एलेक्स वारेनको ‘अर्डिनरी’ चौंथो, ब्याड बन्नीको ‘डिटीएमएफ’ पाँचौ, सोम्बरको ‘ब्याक टु फ्रेन्ड्स’ पाँचौ, एन्टर एक्सको ‘गोल्डेन’ छैटौं स्थानमा स्ट्रिमिङ भएका छन् ।
केन्ड्रिक लामारको ‘लुथर’ सातौं, ग्रेसी अब्राम्सको ‘द्याट्स सो ट्रु’ आठौं, बिली इलिशको ‘वाइल्ड फ्लावर’ नवौंमा र गिगी पेरेजको सेलर सङ दशौं स्थानमा छन् ।
समग्र सूची तपाईंले स्पोटीफाईको र्याप्ड खण्डबाट प्राप्त गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया 4