News Summary
Generated by OK AI. Editorially reviewed.- हार्दिक आईभीएफ तथा फर्टिलिटी सेन्टरले नेपालगञ्जमा नयाँ शाखा उद्घाटन गरेको छ।
- डा. अर्चनाले नेपालगञ्जका दम्पतीलाई गुणस्तरीय प्रजनन सेवा उपलब्ध गराउन पाउँदा खुसी लागेको बताइन्।
- नेपालगञ्ज शाखामा निःशुल्क परामर्श, आईभीएफ सेवा र विभिन्न प्रजनन जाँचमा विशेष छुट उपलब्ध हुने हार्दिक आईभीएफले जनाएको छ।
१९ मंसिर, काठमाडौं । हार्दिक आईभीएफ तथा फर्टिलिटी सेन्टरले आफ्नो नयाँ शाखा नेपालगञ्जमा उद्घाटन गरेको छ।
विगत ३ वर्षदेखि सिनामंगलमा निःशुल्क परामर्श र दम्पतीका लागि सहुलियतदरमा सेवा प्रदान गर्दै आएको हार्दिक आईभीएफले अब नेपालगञ्जमा पनि सेवा दिने भएको छ।
उद्घाटन कार्यक्रममा डा. अर्चनासँगै हार्दिक आईभीएफ टोलीको उपस्थिति थियो । सो अवसरमा डा. अर्चनाले नेपालगञ्जका दम्पतीलाई गुणस्तरीय र पहुँचयोग्य प्रजनन सेवा उपलब्ध गराउन पाउँदा खुसी लागेको बताइन् ।
‘हाम्रो उद्देश्य प्रत्येक दम्पतीलाई परिवार बन्दै जाने सपनासँग नजिक ल्याउनु हो’ उनले भनिन् ।
नेपालगञ्ज शाखामा निःशुल्क परामर्श र आईभीएफ सेवा, विभिन्न प्रजनन जाँचमा विशेष छुट, ग्रेड प्रयोगशालामा उच्चस्तरीय रक्त परीक्षण, पाठेघर नली परीक्षण, उच्चस्तरीय अल्ट्रासाउन्ड सेवा उपलब्ध रहने हार्दिक आईभीएफले जनाएको छ ।
प्रतिक्रिया 4