७ भदौ, सप्तरी । पोखरीमा डुबेर सप्तरीमा एक बालकको मृत्यु भएको छ ।
सप्तरीको पातो ५ का हरेराम यादवका ९ वर्षका छोरा रुपेश यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा रुपेश शुक्रबार साँझ पोखरीमा डुबेका थिए ।
उनको उद्दार गरी बाहिर निकाल्दै ज्यान गएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।