+
+
Shares

कुकुरलाई झुण्ड्यार कुटीकुटी मारियो, हत्या गर्ने व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङको बराहपोखरी गाउँपालिकामा बाबुराम मगरले छिमेकीको पोथी कुकुर झुड्याएर कुटीकुटी हत्या गरेका छन्।

घटना खोटाङ जिल्लास्थित बराहपोखरी गाउँपालिकाको हो । त्यहाँ एक व्यक्तिले कुकुरलाई झुड्याएर कुटीकुटी हत्या गरेका छन् । यसरी अबोध प्राणीलाई तड्पाउँदै हत्या मारेको फोटो खिचेर सामाजिक सञ्जालमा भाइरल बनाइयो ।

हत्या गर्ने व्यक्ति बाबुराम मगरलाई अहिले प्रहरीले पक्राउ गरिसकेको छ । घटनाअनुसार मगरले आफ्नो कुकुर (भाले)सँग छिमेकको पोथी कुकुरबीच संसर्गको बेला छुटाउने प्रयास गरेका थिए । सोही क्रममा उनका भतिजलाई उनकै कुकुरले टोकेको थियो । सोही रिस फेर्न मगरले छिमेकीको पोथी कुकुरलाई झुड्याएर कुटीकुटी हत्या गरे ।

त्यसपछि मगरले फेसबुकमा कुकुर मारेको फोटो राख्दै लेखेका छन्, ‘मेरो कुकुर यहाँ आएर आक्रमक भयो र भतिजलाई टोक्यो, तर यो फिमेल कुकुरलाई पछ्याएर आएको रहेछ । त्यसैले फिमेल कुकुरलाई मारेँ । मेरो आफ्नो कुकुरलाई भने ३५ दिनको अब्जर्भेसनमा राख्छु ।’

यद्यपि प्रहरीमा दिएको बयानमा दोषीले कुरा फेरेका छन् । उनले भनेका छन्- मैले बाटोको कुकुर होइन, आफैंले पालेको कुकुरलाई मारेको हुँ । यो घटना सामाजिक सञ्जालमा फैलिएपछि एलिना प्रसाईंले तत्काल फेसबुक ग्रुपहरूमा शेयर भएका पोस्टको स्क्रीनशट लिएर पोस्ट गर्ने व्यक्तिको प्रोफाइल र घटनाका फोटोहरू संकलन गरेकी थिइन्।

त्यसपछि खोटाङ प्रहरीलाई फोन गरी जानकारी दिएकी थिइन् । एलिना विराटनगरस्थित अलिनाज एनिमल्स प्रिजर्भेसन नेपालकी अध्यक्ष हुन्, जसले सामुदायिक कुकुरहरूको स्यहारसुसार र पालनपोषण गर्दै आएको छ ।

एलिना भन्छिन्, ‘पशु क्रुरताको पनि यो त हद भयो । झुण्ड्याएर कुट्दै हत्या गरेको छ ।’ दोषीलाई पशु अधिकार कानुन अन्तर्गत कारबाही गर्नुपर्ने उनको जोड छ ।

खोटाङ प्रहरीका अनुसार दोषी हाल हिरासतमा छन् र अनुसन्धान जारी छ । दोषीलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएका छन् । ‘मुचुल्का उठाउने काम भइरहेको छ र पशुपन्छी सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने छौं ’प्रहरीले भनेका छन् ।

नेपालको पशु कल्याण तथा पशुपन्छी ऐनअनुसार यस्ता क्रूरता घटनामा दोषीलाई जरिवाना वा जेल सजाय हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?