+
+
Shares

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार किन्ने नेटवर्कमार्फत हजारौं मानिसलाई ठगी गरेको आरोपमा सर्वोच्च अदालतले उनको मृत्युदण्ड पुष्टि गरेको थियो ।

रासस रासस
२०८२ मंसिर २१ गते २१:१८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले ठगी मामलामा दोषी मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ।
  • गफ्फारीको कम्पनीले २०१३ मा सुरु गरेको ठगी योजनामा करिब २८ हजार मानिस प्रभावित भएका थिए।
  • सर्वोच्च अदालतले मृत्युदण्ड पुष्टि गरेपछि पनि गफ्फारीले दायित्व पूरा नगरेको न्यायपालिकाले जनाएको छ।

काठमाडौं। इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ ।

गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार किन्ने नेटवर्कमार्फत हजारौं मानिसलाई ठगी गरेको आरोपमा सर्वोच्च अदालतले उनको मृत्युदण्ड पुष्टि गरेको थियो ।

यो ठगी योजना सन् २०१३ मा उत्तर काजविन प्रान्तमा सुरु भएको थियो । प्रारम्भमा सस्तो मूल्यमा कार दिने वाचा गरिएको थियो र पछि यसले रियल इस्टेट र अन्य लगानी योजनामा पनि विस्तार गरेको थियो।

अभियोजनले गफ्फारी र उनका सहकर्मीहरूले जनताबाट ठूलो रकम उठाएर नयाँ निक्षेपमार्फत प्रारम्भिक ग्राहकलाई फिर्ता रकम दिएको आरोप लगाएको थियो।

इरानी न्यायपालिकाका अनुसार, यस योजनामा हालको विनिमय दर अनुसार करिब तीन करोड ५० लाख डलर बराबरको रकम संलग्न थियो । यस घटनामा करिब २८ हजार उजुरीकर्ता र २८ प्रतिवादी थिए।

न्यायपालिकाले भन्यो, “सर्वोच्च अदालतले मृत्युदण्ड पुष्टि गरेपछि समेत गफ्फारीले आफ्ना दायित्व पूरा गरेनन्,” जसले पीडितहरूमा गम्भीर आर्थिक र मानसिक क्षति पुर्‍याएको छ।

इरानमा हत्या, बलात्कार जस्ता अपराधका साथै आर्थिक अपराध र जासुसी मामलामा पनि मृत्युदण्ड लागू हुन्छ । मानवअधिकार समूह अनुसार, चीनपछि इरान विश्वमा दोस्रो सर्वाधिक मृत्युदण्ड दिने देश हो।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?