+
+
Shares

पिँडालु र स्कुसको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते ११:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार स्कुस र पिँडालुको भाउ बढेको तथ्यांक सार्वजनिक गरेको छ।
  • सोमबार स्कुसको भाउ प्रतिकिलो थोकमा २५ रुपैयाँबाट ३५ रुपैयाँ पुगेको छ।
  • पिँडालुको भाउ पनि सोमबार प्रतिकिलो थोकमा ९५ रुपैयाँबाट १०० रुपैयाँ पुगेको छ।

२२ मंसिर, काठमाडौं । बजारमा पिँडालु र स्कुसको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार यी दुई तरकारीको भाउ बढेको देखाएको हो ।

आज सोमबार स्कुसको भाउ प्रतिकिलो थोकमा औसत १० रुपैयाँ बढेको छ ।

हिजो आइतबार स्कुस प्रतिकिलो थोकमा २५ रुपैयाँमा किनबेच भएको थियो । आज भने स्कुसको प्रतिकिलो थोक भाउ ३५ रुपैयाँ कायम छ ।

यस्तै सोमबार पिँडालुको भाउ पनि बढेको छ । हिजो आइतबार प्रतिकिलो थोकमा ९५ रुपैयाँमा किनबेच भएको स्कुस आज सोमबार प्रतिकिलो थोकमा १०० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?