+
+
Shares

तीव्र विकास गर्न नसके नेपाललाई सार्वभौमसत्ता रक्षा मुस्किल हुन्छ : पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तीव्र विकासको बाटो लिन नसके नेपाललाई सार्वभौमसत्ता रक्षा गर्न मुस्किल हुने टिप्पणी गरेका छन्।
  • पोखरेलले भदौ २४ गतेको घटनालाई नेपालको सार्वभौमत्ता र राष्ट्रिय स्वतन्त्रता जोखिममा छ भन्ने संकेतका रूपमा उल्लेख गरेका छन्।
  • नेपाल छिमेकी देशहरू चीन र भारतको आर्थिक तथा सामरिक प्रतिस्पर्धामा संवेदनशील भू-राजनीतिक स्थितिमा रहेको पोखरेलले बताएका छन्।

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तीव्र विकासको बाटो लिन नसके नेपाललाई सार्वभौमसत्ता रक्षा गर्न मुस्किल हुने टिप्पणी गरेका छन् ।

आफ्नो समूहले महाधिवेशनमा प्रस्तुत गर्न तयार गरेको दस्तावेजमा उनले भनेका छन्, ‘तिव्र विकासको बाटो लिन नसके नेपालले आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न मुश्किल पर्ने या थप पराधिन हुने जोखिम बढाउँछ।’

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुझाइएको अवधारणापत्रमा भदौ २४ गतेको घटनालाई उनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वतन्त्रता जोखिममा छ भन्ने कुराको संकेतका रूपमा उल्लेख गरेका छन् ।

के भन्छन् पोखरेल ?

यसै समयमा नेपालका छिमेकी देशहरू आर्थिक तथा सामरिक दृष्टिले महाशक्ति बन्ने होडमा छन् । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । विज्ञान तथा प्रविधिमा प्रतिस्पर्धासहित सामरिक शक्ति विस्तार गरिरहेको चीनका कारण विश्वको शक्ति सन्तुलनमा ठूलो परिवर्तन आइरहेको छ।

पछिल्लो समय भारतले आफ्नो आर्थिक आधार मजवुत बनाउँदै लगेको छ। विश्वका छिटो आर्थिक वृद्धि भइरहेका देशमा अब भारत पनि मिसिएको छ ।

आफ्नो एकल महाशक्तिको हैसियत बचाइरहन, राजनीतिक तथा आर्थिक मूल्यहरुको औचित्य सावित गरिरहन प्रयत्नरत अमेरिकाका स्वार्थहरू भारत र चीन दुवैसँग टक्कराउँदैछन् । नेपाल यी तीनवटै विश्व तथा क्षेत्रीय शक्तिको स्वार्थ जोडिएको भूगोलमा रहेकाले भू-राजनीतिक दृष्टिले संवेदनशील स्थितिमा छ ।

तीव्र विकासको बाटो लिन नसके नेपालले आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न मुश्किल पर्ने या थप पराधिन हुने जोखिम बढाउँछ।

आन्तरिक रुपमा आर्थिक विकासमा पछि परेको, संरचनागत अर्थराजनीतिक संकट बढेर गएको, राष्ट्रिय एकता कमजोर हुने गरी राजनीतिक अस्थिरता कायम रहेको तथा भू-राजनीतिक घर्षण बढ्दै गएकाले हाम्रो सार्वभौमसत्ता र राष्ट्रिय स्वतन्त्रता जोखिममा छन् भन्ने कुरालाई भदौ २४ का घटनाहरूले थप पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?