News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जीलाई २६ लाख ७ हजार कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति दिएको छ।
- कम्पनीले सर्वसाधारण समूहमा कुल सेयरको २० प्रतिशत सेयर बिक्री गर्नेछ र बाँकी ८० प्रतिशत संस्थापक समूहको रहनेछ।
- रिज लाइन इनर्जीले गोरखामा ९ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना बनाएको छ र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।
२२ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि अनुमति दिएको छ ।
कम्पनीलाई अंकित मूल्य १ सयका दरले कुल २६ लाख ७ हजार कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । कम्पनीले सर्वसाधारण समूहमा यो संख्याको सेयर निष्कासन गर्नेछ । जुन कुल सेयरको २० प्रतिशत हो । बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ ।
निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ । यस कम्पनीले गोरखामा ९ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4