News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ अमेरिकाको दोस्रो बार्षिक अधिवेशन मार्च २९, २०२६ मा पेन्सिलभेनिया राज्यको ल्यान्कास्टरमा हुने भएको छ।
- अधिवेशनमा संघको वार्षिक र आर्थिक गतिविधिमाथि छलफल गरिने र भावी कार्ययोजना प्रस्तुत गरिने अध्यक्ष हरि उप्रेतीले बताए।
- संघले गीतकारलाई १ हजार अमेरिकी डलर नगद पुरस्कारसहित 'ज्ञानेन्द्र गदाल गीत सम्मान' प्रदान गर्दै आएको छ र यस वर्ष ६ उत्कृष्ट स्रष्टालाई पनि सम्मान गरिने भएको छ।
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ अमेरिकाको दोस्रो बार्षिक अधिवेशन मार्च २९, २०२६ मा पेन्सिलभेनिया राज्यको ल्यान्कास्टरमा हुने भएको छ ।
अध्यक्ष हरि उप्रेतीका अनुसार अधिवेशन समारोहको संयोजन तथा व्यवस्थापन स्थानीय नेपाली साहित्यिक संस्था ‘साहित्य कला संगम’ ले गर्ने भएको छ ।
अधिवेशनमा संघको वार्षिक र आर्थिक गतिविधिमाथि छलफल गरिनुका साथै भावी कार्यायोजना प्रस्तुत गरिने भएको छ ।
स्थानीय कार्यक्रम संयोजक ‘साहित्य कला संगम’ द्वारा तयार पारिएको विभिन्न साहित्यिक एवं सांस्कृतिक कार्यक्रमसहित संस्थाको बारेमा अन्तरक्रिया गरिने कार्यक्रम पनि रहने भएको छ ।
संघले पहिलो अधिवेशनदेखि नै गीत रचनामा उत्कृष्ठ योगदान पुर्याउने एकजना गीतकारलाई १ हजार अमेरिकी डलर नगद पुरस्कार सहित ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ द्वारा सम्मानित गर्दै आएको छ ।
यस वर्षदेखि उक्त सम्मान लगायत नेपाल र नेपाली डायस्पोराका गीत, संगीत र गायन विधाका ६ जना उत्कृष्ट स्रष्टालाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिने भएको छ । गतवर्ष प्रदान गरिएको पहिलो सम्मान विशिष्ट गीतकार नीर शाहलाई प्रदान गरिएको थियो ।
प्रवासमा रहेर नेपाली गीत लेखनमा सक्रिय गीतकारको हकहितको लागि संस्था सक्रिय छ ।
प्रतिक्रिया 4