२२ मंसिर, काठमाडौं । सरकारले सहसचिव राजेन्द्र कुमार पौडेलको बढुवा गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
‘नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्र कुमार पौडेललाई बढुवा गर्ने निर्णय भएको छ,’ उनले मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै भने ।
पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको रुपमा कार्यरत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4