News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा भारतीय क्लब इस्ट बंगलाले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई ४-० ले हरायो।
- पाकिस्तानको कराची सिटीले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीसँग गोलरहित बराबरी खेल्यो।
- इस्पट बंगाल र एपीएफले समान ३ अंक जोडेका छन् भने कराची सिटीले २ अंक जोडेको छ।
२२ मंसिर, काठमाडौं । नेपालमा भइरहेको साफ महिला क्लब च्याम्पियनसिपमा भारतीय क्लब इस्ट बंगलादेशले सोमबार फराकिलो जित हात पार्दा पाकिस्तानको कराची सिटी एफसीले लगातार दोस्रो बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीलाई ४-० ले हरायो । इस्ट बंगालका लागि युगान्डियन खेलाडी फजिला इक्वापुटले दुई गोल गरिन् भने सुलन्जा राउल र युगान्डाकै नेस्टी नान्जिरीले एक-एक गोल गरे ।
इस्ट बंगलाको कप्तान समेत रहेकी फजिलाले ३५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा इस्ट बंगालले तीन गोल थप्यो । फजिलाले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् । त्यसअघि सुलन्जना राउलले ५९औं र नान्जिरीले ६४औं मिनेटमा गोल गरे ।
पहिलो खेलमै फराकिलो जितपछि इस्ट बंगालले ३ अंक जोडेको छ । नेपालको एपीएफ क्लबले पनि ३ अंक नै जोडेको छ । दुवैले क्लिनसिट राख्दै समान ४ गोल अन्तरमा जित निकालेका छन् ।
ट्रान्सपोर्टको यो पहिलो हार हो । ट्रान्सपोर्ट युनाइटेडले पहिलो खेलमा पाकिस्तानको कराची सिटीसँग गोलरहित बराबरी खेलेको थियो ।

यस्तै सोमबारै भएको दोस्रो खेलमा पाकिस्तानको कराची सिटीले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । कराचीको यो लगातार दोस्रो बराबरी हो भने नसरिनले पहिलो बराबरीबाट अंकको खाता खोलेको छ ।
कराची दुई बराबरीपछि २ अंक जोडेको तेस्रो स्थानमा छ भने नसरिनले २ खेलबाट १ अंक जोडेको छ । अब बिहीबार पनि दुई खेल हुनेछ । पहिलो खेल इस्ट बंगाल र कराची सिटीबीच हुनेछ भने दोस्रो खेलमा नेपालको एपीएफले ट्रान्सपोर्ट युनाइटेडसँग खेल्नेछ ।
प्रतिक्रिया 4