२३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राप्रपाले पूर्ण राजतन्त्रको पक्षमा वकालत नगरेको टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमा पार्टीले गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले राप्रपाले सबैले एकताको प्रतिक मान्नसक्ने पृथ्वीनारायण शाहको वंशजलाई लोकतन्त्रको परिधिमा स्थान दिएर अघि बढ्नुपर्ने माग गरेको बताए ।
‘हामीले लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई पनि स्थान दिनुपर्छ । आधुनिक शक्तिको प्रतिकको रुपमा राजनीतिक दलहरूलाई पनि समेटनुपर्छ । राजनीतिक दलहरूले हजारौँ गल्ती गरेका छन् । राष्ट्र, राज्य नै क्षयिकृत हुने गरेर गल्ती गरेका छन्,’ मिश्रले भने ।
उनले राजनीति भन्दा माथि रहने संस्था राजसंस्था नै रहेको उल्लेख गर्नुहुँदै सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिका मान्छेले मान्ने संस्था राजसंस्था नै रहेको पनि बताए । आधुनिक शक्तिको प्रतिकको रुपमा राजनीतिक दलहरू रहनुपर्ने पनि बताए ।
‘अब हामीले राजनीति भन्दा माथि, देशका सबै जातजाति, भाषाभार्षी, धर्मसंस्कृतिका मानिसहरूले एकताको प्रतिक मान्न सक्ने पृथ्वीनारायण शाहको वंशज राजसंस्थालाई पुन:स्थापित गर्नैपर्छ,’ मिश्रले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण राजतन्त्र भनेको होइन, यो कुरा बुझ्नुपर्छ ।’
प्रतिक्रिया 4