News Summary
Generated by OK AI. Editorially reviewed.- रोयल इन्फिल्डले नयाँ बीएस भीआई हन्टर ३५० मोडेल नेपाली बजारमा सार्वजनिक गरेको छ।
- यस मोटरसाइकलमा स्लिप एसिस्ट क्लच, डबल च्यानल एबीएस र एलईडी हेडल्याम्प जडान गरिएको छ।
- मोडेलको मूल्य सिंगल टोनमा ४ लाख ९४ हजार ९ सय र डबल टोनमा ४ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ।
२३ मंसिर, काठमाडौं । मोटरसाइकल समूह (२५०–७५० सीसी) मा अग्रणी ब्रान्ड रोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ।
विश्वका प्रख्यात सहरमा ‘कुल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइन सहितको यस बीएस भीआई नयाँ हन्टर ३५० सोमबार काठमाडौंमा प्रस्तुत गरेको हो।
यो मोटरसाइकल रियो ह्वाइट, टोकियो ब्ल्याक, लन्डन रेड र ग्रेफाइट ग्रे गरी चार ‘स्ट्रिट–इन्स्पायर्ड’ रङमा उपलब्ध छ । कम्पनीका अनुसार यीमध्ये तीन रङ विश्वका सांस्कृतिक पहिचान सम्बन्धी प्रतीकहरूबाट सिर्जित अवधारणामा आधारित छन् ।
यस संस्करणमा स्लिप एसिस्ट क्लच जडान गरिएको छ, जुन कम्पनीको ३५० सीसी मोडेलमा पहिलोपटक प्रयोग भएको सुविधा हो ।

साथै परिमार्जित पछाडिको सस्पेन्सन बढेर १६० एमएम ग्राउण्ड क्लियरेन्स, सुधारिएको सिट, डबल च्यानल एबीएस, एलईडी हेडल्याम्प तथा एर्गोनोमिक डिजाइनले समग्र सवारी अनुभव सहज बनाउने कम्पनीको भनाइ छ । यसमा ट्रिप नेभिगेटर अप्सनको रुपमा थप गरिएको छ।
यसमा प्रयोग गरिएको ३४९ सीसी जे सिरिज इन्जिनले शहरी सडकको दैनिकीमा चुस्त र सहजता प्रदान गर्ने दाबी गरिएको छ । सन् २०२२ मा पहिलोपटक बजारमा आएको यो मोडेलले हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडर जोडिसकेको कम्पनीले जनाएको छ।
सिंगल टोनमा यस बाइकको मूल्य ४ लाख ९४ हजार ९ सय र डबल टोनमा ४ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीले देशभरका आफ्ना शोरुममा बुकिङ र टेस्ट–राइड खुला रहेको जनाएको छ ।
प्रतिक्रिया 4