News Summary
Generated by OK AI. Editorially reviewed.- रोयल इनफिल्डले नेपालमा नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ।
- मेटिओर ३५० मा चार भेरियन्ट फायरबल, स्टेलर, ओरोरा र सुपरनोभा छन् र सात नयाँ रङहरू उपलब्ध छन्।
- सबै भेरियन्टमा एलईडी हेडलाम्प र ७ वर्षसम्मको विस्तारित वारेन्टी तथा रोडसाइड असिस्टेन्स सुविधा दिइएको छ।
३० कात्तिक, काठमाडौं । रोयल इनफिल्डले नेपालमा नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ। मनोरञ्जनात्मक तथा आरामदायी यात्राका लागि तयार गरिएको मेटिओर ३५० मा विशिष्ट डिजाइन तथा सहज सवारी आसनसहित क्रूजर सेग्मेन्टको नयाँ मापदण्ड कायम गरिएको कम्पनीले जनाएको छ ।
२०२० मा सुरु गरिएको मेटिओर ३५० ले लामो दूरीमा सहज यात्रा र शहरी सडकमा प्रतिष्ठा स्थापित गरिसकेको कम्पनीको दाबी छ । फायरबल, स्टेलर, ओरोरा र सुपरनोभा नामक चार भेरियन्टमा उपलब्ध छ, जसमा सात आकर्षक नयाँ रङहरू र सुधारिएका सुविधा समावेश छन्।
३४९ सीसी एयर–कुल्ड जे–सिरिज इन्जिनबाट शक्ति प्राप्त नयाँ मेटिओर ३५० ले ६१०० आरपीएममा अधिकतम २०.२ बीएचपी र ४००० आरपीएममा २७ एनएम टर्क प्रदान गर्दछ।
सबै भेरियन्टमा एलईडी हेडलाम्प राखिएको छ । फायरबल भेरियन्ट अरेन्ज र ग्रे कलरमा उपलब्ध छ । यसको नेपाली बजार मूल्य ५ लाख ७७ हजार रुपैयाँ तोकिएको छ ।
स्टेलर भेरियन्टको बाइक ग्रे र म्यारेन ब्लु कलरमा उपलब्ध छ । नेपालमा यसको मूल्य ५ लाख ८७ हजार रुपैयाँ तोकिएको छ । ओरोरा भेरियन्ट रेट्रो ग्रिन र रेड कलरमा उपलब्ध छ । यसको मूल्य नेपाली बजारमा ५ लाख ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ । ब्ल्याक कलरमा रहेको सुपरनोभाको मूल्य ५ लाख ९७ हजार रुपैयाँ छ ।
यसका अतिरिक्त रोयल इनफिल्ड सबै मोटरसाइकलहरूमा ७ वर्षसम्मको विस्तारित वारेन्टी र रोडसाइड असिस्टेन्स सुविधा प्रदान गर्दछ । जसले ग्राहकहरूको आत्मविश्वास र स्वामित्व अनुभवलाई अझ मजबुत बनाएको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4