
News Summary
Generated by OK AI. Editorially reviewed.- अल्फा अटोमोटिभ प्रालिले कलाकार सन्दीप क्षेत्रीलाई ‘फेस अफ रोयल इन्फिल्ड’ का रूपमा नियुक्त गरेको छ।
- कम्पनीले यस सहकार्यलाई साझा मूल्य, सोच र भिजनमा आधारित यात्राको प्रारम्भ बताएको छ।
- यो अभियानले नेपाली मोटरसाइकल संस्कृतिमा नयाँ आयाम थप्ने र युवासँग गहिरो सम्बन्ध गाँस्ने अपेक्षा छ।
काठमाडौं । अल्फा अटोमोटिभ प्रालिले कलाकार सन्दीप क्षेत्रीलाई ‘फेस अफ रोयल इन्फिल्ड’ का रूपमा नियुक्त गरेको छ ।
दुई दशकदेखि नेपाली कला, मनोरञ्जन र सामाजिक क्षेत्रमा सक्रिय रहँदै जनताको मन जित्न सफल क्षेत्रीको सादगी, आत्मविश्वास, स्वतन्त्र सोच र मोटरसाइकलप्रतिको गहिरो रुचिलाई यस भूमिकाका लागि उपयुक्त मानिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो सहकार्य केवल व्यापारिक साझेदारी मात्र नभई साझा मूल्य, सोच र भिजनमा आधारित यात्राको प्रारम्भ हो । रोयल इन्फिल्ड नेपालले सन्दीप क्षेत्रीमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन, ट्राफिक नियम अवलोकन, सडक सुरक्षा सन्देश प्रवाह गर्ने लक्ष्य लिइएको छ ।
यस अभियानले नेपाली मोटरसाइकल संस्कृतिमा नयँ आयाम थप्ने, समाजका सबै वर्गसामु पहुँच बनाउने र युवापुस्तासँग गहिरो सम्बन्ध गाँस्ने अपेक्षा कम्पनीको छ ।
रोयल इन्फिल्डको ट्रेडिसन, स्टाइल र स्पिरिट जनमानससम्म अझ प्रभावकारी रूपमा पुर्याउन कलाकार सन्दीप क्षेत्रीको भूमिका महत्त्वपूर्ण हुने कम्पनीको विश्वास छ ।
मोटरसाइकललाई केवल यातायातको माध्यममात्र नभई सेल्फ–एक्सप्रेशनको टुलका रूपमा प्रस्तुत गर्ने दृष्टिकोण यो सहकार्य मार्फत अझ स्पष्ट हुने जनाइएको छ ।
रोयल इन्फिल्डले क्षेत्रीलाई स्वागत गर्दै यो सहकार्यले नयाँ ऊर्जा, नवीन विचार र प्रेरणादायी अभियान लिएर आउने जनाएको छ ।
प्रतिक्रिया 4