+
+
Shares

रोयल इन्फिल्डसँग सन्दिप क्षेत्रीको सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अल्फा अटोमोटिभ प्रालिले हास्यब्यङ्ग्य कलाकार सन्दीप क्षेत्रीलाई 'फेस अफ रोयल इन्फिल्ड' नियुक्त गरेको छ।
  • क्षेत्री सँगको सहकार्यले रोयल इनफिल्ड नेपाललाई व्यवसायिक मात्र नभई साझा मूल्य र दृष्टिकोणमा आधारित यात्राको प्रारम्भ मानिएको छ।
  • कम्पनीले रोयल इन्फिल्डमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन, सडक सुरक्षा र ट्राफिक नियम पालना सन्देश दिने जनाएको छ।

२ कात्तिक, काठमाडौं । अल्फा अटोमोटिभ प्रालिले ‘फेस अफ रोयल इन्फिल्ड’का रुपमा हास्यब्यङ्ग्य कलाकार सन्दीप क्षेत्रीलाई नियुक्त गरेको छ ।

विगत दुई दशकदेखि क्षेत्री नेपाली कला, मनोरञ्जन र सामाजिक क्षेत्रमा छन् । क्षेत्रीसँगको सहकार्यले रोयल इनफिल्ड नेपाललाई केवल व्यवसायिक मात्रै नभई एक साझा मूल्य र दृष्टिकोणमा आधारित यात्राको प्रारम्भको रूपमा हेरिएको अल्फा अटोमोटिभले जनाएको छ ।

‘रोयल इन्फिल्डमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन, सडक सुरक्षा, ट्राफिक नियम पालना सहितको सन्देश एवम् कर्तव्य पालना गरिनेछ’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ‘यो सहकार्यबाट युवा पुस्तामाझ अझ प्रगाढ सम्बन्ध गाँस्न सकिने अपेक्षा राख्दछौं ।’

क्षेत्री मार्फत रोयल इनफिल्डको परम्परा, शैली र भावना, आम नेपाली जनसमुदायसम्म थप प्रभावकारी ढंगले प्रवाह हुनेछ कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?