News Summary
Generated by OK AI. Editorially reviewed.- चाँदीको मूल्य बुधबार प्रतितोला ३ हजार ७५० रुपैयाँ पुगेको छ, जुन एक साताअघिको रेकर्डभन्दा उच्च हो।
- सुनको मूल्य बुधबार प्रतितोला २ लाख ५२ हजार १ सय रुपैयाँ पुगेको छ, अघिल्लो दिनभन्दा २ सय रुपैयाँले बढेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्यले गत असोज ३१ गतेको रेकर्ड २ लाख ५८ हजार रुपैयाँ नछुन सक्नुको जानकारी दिएको छ।
२४ मंसिर, काठमाडौं । चाँदीको मूल्यले एक साताअघिको रेकर्ड तोडेको छ ।
बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ हजार ७५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा एकैदिन १५० रुपैयाँले चाँदी बढेको हो ।
अघिल्लो दिन प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।
त्यस्तै सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार २ लाख ५२ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउले गत असोज ३१ गतेको रेकर्ड तोड्न सकेको छैन । गत असोज ३१ गते २ लाख ५८ हजारमा सुनको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4