News Summary
Generated by OK AI. Editorially reviewed.- डब्ल्यूडब्ल्यूईका महान् खेलाडी जोन सिनाले १३ डिसेम्बर २०२५ मा आफ्नो अन्तिम खेल खेल्ने घोषणा गरेका छन्।
- जोन सिनाले डब्ल्यूडब्ल्यूईमा १७ वटा विश्व च्याम्पियनशिप जितिसकेका छन् र २५ वर्षभन्दा बढी समय बिताएका छन्।
- उनले सन्यासपछि फिल्मी करियरमा केन्द्रित हुने बताएका छन् र रिङमा फेरि नफर्कने संकेत दिएका छन्।
एउटा यस्तो पुस्ता छ, जसले वर्ल्ड रेसलिङ इन्टरटेनमेन्ट (डब्ल्यूडब्ल्यूई) हेर्दै हुर्कियो । टेलिभिजन, सीडी/डीभीडी होस् अथवा युट्युबबाट धेरैले डब्ल्यूडब्ल्यूईलाई धेरे रुचिपूर्वक हेरे । र, अहिले पनि हेरिरहेका छन् । रेस्लिङ खेल र यसका खेलाडीहरूलाई लिएर यसका पारखीबीच चर्चा, बहस चल्ने गर्छ ।
यही खेलका एक महान् खेलाडी हुन्, जोन सिना । पहिरन, व्यक्तित्व, चरित्र र बारम्बार भनिरहने भनाइ आदिका कारण उनी धेरैको मनमा बस्न सफल भए । अहिले ४८ वर्षमा हिँडिरहेका उनले यो क्षेत्रमा २५ वर्षभन्दा बढी समय बिताइसकेका छन् । अब भने उनी आफ्नो करियरलाई बिट मार्दैछन् । उनको त्यो निर्णयले अहिले धेरै जनालाई मर्माहित पारिरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार जोन सिनाले यसै १३ डिसेम्बरमा वाशिङ्गटन डी.सीको क्यापिटल वन एरिनामा हुने ‘सटर्डे नाइट मेन इभेन्ट’ मा ‘द रिङ जनरल गुन्थर’सँग आफ्नो अन्तिम खेल खेल्नेछन् । उनको यो विदाइको घोषणा भने जुलाई २०२४ मा मनी इन द बैंक नामक कार्यक्रममा गरिएको थियो ।

आजको दिनसम्ममा उनले डब्ल्यूडब्ल्यूईको १७ वटा विश्व च्याम्पियनशिप जितेका छन् । जुन आफैंमा दुर्लभ कीर्तिमान हो ।
धेरैले डब्ल्यूडब्ल्यूईलाई खिचिएको कुश्ती खेल भन्छन् । जुन सत्य पनि हो । किनकि खेल स्क्रिप्टमा आधारित हुन्छ । यद्यपि यसमा समावेश खेलाडीहरू व्यावसायिक कुश्ती खेलाडी हुन्छन् । त्यसमा जोन सिनाले दुर्लभ फेम कमाउन सके । अब एक खेलपछि उनी रिङमा देखिने छैनन् ।
यद्यपि इतिहासमा शन माइकल्स, ट्रिश स्ट्राट्स, एजे ली र स्टोन कोल्ड स्टिभ अस्टिन जस्ता धेरै डब्ल्यूडब्ल्यूई प्लेयरले सन्यास घोषणा गरेपनि फेरि रिङमा फर्किएका उदाहरणहरू छन् । यद्यपि जोन सिनाले भने गुन्थरसँग नै आफ्नो अन्तिम प्रतिस्पर्धा हुने बताइरहेका छन् ।
त्यो कुरालाई विश्वास गर्ने अर्को आधार उनको टेलिभिजन र फिल्म करियर पनि हो । आजको दिनसम्ममा जोन सिनाले ३५ फिचर फिल्म, २६ सिरिज, ५ टेलिफिल्म, ६ भिडियो गेम र एउटा म्युजिक भिडियोमा अभिनय गरेका छन् । द मरिन (२००६), लेजेन्डरी (२०१०). द वाल (२०१५), फास्ट एक्स (२०२२) केही उदाहरण हुन् ।
गत वर्ष उनले आफ्नो सन्याषको घोषणा गर्ने बेलामा अब फिल्मी करियरमा केन्द्रित हुने बताएका थिए । त्यसो हुनाले पनि उनी फेरि रिङमा नफर्कने बलियो आधार देखिन्छ ।

यदि तपाईं डब्ल्यूडब्ल्यूईको दर्शक हुनुहुन्छ भने जोन सिनाबारे थोरबहुत पक्कै थाहा पाउनुभएको छ । विशेषत: उनको पहिरनको । उनले बोल्ने शैलीको ।
दुई दशकभन्दा बढी समय डब्ल्यूडब्ल्यूईको रिङमा बिताएका जोन सिनाले रिङमा फेसनमार्फत समेत राम्रै प्रभाव पारे । जोन सिनाले सधैँ जोर्ट्स लगाउँथे । यो भनेको जिन्सको हाफ पाइन्ट हो ।
सन् २००० को दशकमा यो निकै लोकप्रिय भएको थियो । सन् २०१० पछि यसको क्रेज घट्यो । तर अहिले जेनजी पुस्ताले पनि जोर्ट्स लगाउन थालेका छन् ।
जोन सिनाकै प्रभावको कुरा गर्दा हिप-पपमा उनले पारेका प्रभाव पनि छुटाउनु हुन्न । सुरुका दिनमा उनी प्रोफेस्नल फाइटरभन्दा पनि हिप-हपकै कारण चिनिएका थिए । उनी आफैंमा र्यापर पनि थिए । त्यसको झल्को रिङमा समेत मिल्थ्यो । प्राय: घाँटीमा मोटो सिक्री लगाएर उनले त्यस पहिचानलाई समेत रिङभित्र देखाउँथे ।
यी बाहेक त उनले लगाउने विभिन्न जर्सीका आर्टवर्कहरू समेत फ्यानहरू माँझ उत्तिकै लोकप्रिय हुन्थे । तिनमा विभिन्न सन्देशहरू समेत हुन्थे । अनि उनले भनिरहने ‘यु कान्ट सी मी’, ‘नेभर गीभ अप’, ‘हसल’, ‘लोयल्टी, रेस्पेक्ट’, ‘द च्याम्प इन हियर’ पनि उत्तिकै लोकप्रिय थिए ।
यी सबै भनिरहँदा जोन सिनाको डब्ल्यूडब्ल्यूईको अन्तिम फाइटले धेरैको ध्यान खिचेको छ । तर अन्तिम प्रतिस्पर्धामा हार्नु र अर्को प्रतिस्पर्धीले जित्नु खेलमा सामान्य कुरो हो । सन्यास घोषणा गरेकाले खेलामा जित्नैपर्छ भन्ने छैन । त्यो हुँदैन पनि । यसकारण यदि सिना गुन्थरसँग पराजित भए भने अचम्म पर्दैन ।
अनि प्रशंसकहरूसँग जोडिने जोन सिनाको अन्तिम गन्तव्य पनि होइन । मात्र, उनी नयाँ भएर देखिन खोजिरहेका हुन् ।
प्रतिक्रिया 4