News Summary
Generated by OK AI. Editorially reviewed.- वात्सल्या साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ र इस्ट बंगालले आफ्नो दोस्रो खेल खेल्दैछन् ।
- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाल र कराची सिटी एफसीबीच दिउँसो २ बजे खेल हुनेछ ।
- एपीएफले साँझ ६ बजे ट्रान्सपोर्ट युनाइटेड लेडिझ एफसीसँग खेल्नेछ।
काठमाडौं । वात्सल्या साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदैछ ।
उपाधिको दाबेदार रहेका नेपालको लिग च्याम्पियन एपीएफ र भारतको इस्ट बंगालले आज आफ्नो दोस्रो खेल खेल्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको च्याम्पियनसिपमा इस्ट बंगाल र पाकिस्तानको कराची सिटी एफसीबीच दिउँसो २ बजे खेल हुनेछ ।
यस्तै एपीएफले साँझ ६ बजे हुने खेलमा भुटानका ट्रान्सपोर्ट युनाइटेड लेडिझ एफसीसँग खेल्नेछ ।
च्याम्पियनसिपमा एपीएफ र इस्ट बंगालले आफ्नो पहिलो खेलमा फराकिलो जित हात पार्दै समान ३ अंक जोडेका छन् ।
उपाधिको दाबेदार रहेको यी दुई क्लब लगातार जित निकाल्दै फाइनल नजिक पुग्ने लक्ष्यमा छ ।
एपीएफ पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले पराजित गरेको थियो । यस्तै इस्ट बंगालले ट्रान्सपोर्ट युनाइटेडलाई पनि ४-० ले पराजित गरेको थियो ।
दक्षिण एसियाका पाच राष्ट्रको च्याम्पियन क्लबहरु सहभागि यस प्रतियोगिता एपिएफ र इस्ट बंगलापछि रहेको पाकिस्तानको कराचीको दुई बराबरीबाट २ अंक छ । यस्तै ट्रान्सपोर्ट युनाइटेड र नसरिन स्पोर्टसको १–१ अंक छन् ।
सिंगल राउण्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोली फाइनल पुग्नेछन् ।
प्रतिक्रिया 4