News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सागको मूल्यमा एक साता अवधिमा ३५ प्रतिशत गिरावट आएको छ।
- पालुंगो सागको मूल्य १९ मंसिरमा प्रतिकिलो १४० रुपैयाँबाट २६ मंसिरमा ९० रुपैयाँमा झरेको छ।
- तोरी सागको मूल्य ५५ रुपैयाँबाट ४५ रुपैयाँ र रायो सागको मूल्य ६० रुपैयाँबाट ४० रुपैयाँमा घटेको छ।
२६ मंसिर, काठमाडौं । बजारमा सागको मूल्य घटेको छ । कालीमाटी तरकारी बजार विकास समितिको तथ्यांकले एक साता अवधिमा सागको मूल्यमा ३५ प्रतिशत गिरावट आएको देखाएको हो ।
अहिले बजारमा रायो साग, पालुंगो साग, चम्सुर साग, मेथी साग, तोरीको साग लगायत किन्न पाइन्छ । एक साता अवधिमा यी सबै सागको मूल्य घटेको छ ।
समितिको तथ्यांक अनुसार १९ मंसिरमा प्रतिकिलो थोकमा १ सय ४० रुपैयाँमा किनबेच भएको पालुंगो साग आज २६ मंसिरमा ३५.७१ प्रतिशतले घटेर ९० रुपैयाँमा झरेको छ।
यस्तै तोरी साग एक साताअघि प्रतिकिलो ५५ रुपैयाँ थियो । तोरी सागको मूल्य पनि १८.१८ प्रतिशतले घटेर आज शुक्रबार प्रतिकिलो ४५ रुपैयाँ कायम छ ।
मेथीको साग पनि एक साताअघि प्रतिकिलो १ सय ५० रुपैयाँमा किनबेच भएकामा शुक्रबार प्रतिकिलो १ सय ४५ रुपैयाँ कायम छ ।
रायो सागको मूल्यमा ३३.३३ प्रतिशतको गिरावट आएको छ । १९ मंसिरमा प्रतिकिलो ६० रुपैयाँमा किनबेच भएको रायो साग २६ मंसिरमा किलोको ४० रुपैया कायम छ ।
चम्सुरको साग भने आज शुक्रबार ९० रुपैयाँमा किनबेच भइरहेको छ । एक साताअघि चम्सुर साग प्रतिकिलो थोकमा औसत १ सय ४० रुपैयाँमा किनबेच भएको थियो । एक सातामा चम्सुरको सागमा ३५.७१ प्रतिशत गिरावट आएको तथ्यांकले देखाउँछ ।
प्रतिक्रिया 4