२६ मंसिर, काठमाडौं । आशन्न प्रतिनिधिसभा निर्वाचन र राष्ट्रियसभा निर्वाचनका लागि ललितपुरका तीन वटै क्षेत्रबाट नेपाली कांग्रेसले आकांक्षीहरूको नाम सिफारिस गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तथा माघ १० गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ललितपुरका तीनवटै क्षेत्रबाट क्षेत्रीय कार्यसमितिहरूले आकांक्षीहरूको नाम सिफारिस गरेका हुन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का लागि क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य उदय शम्शेर राणा, बागमती प्रदेश सहमहामन्त्री ऋषिराम घिमिरे र महासमिति सदस्यद्वय मथुराप्रसाद घिमिरे तथा खोमप्रसाद घिमिरेको नाम सिफारिस गरेको छ ।
यस्तै बिमलचन्द्र बिष्ट, रबिन्स शर्मा र सीता वाइवाको नाम पनि प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिसमा परेको छ ।
क्षेत्र नम्बर १ बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ महासमिति सदस्य रामकृष्ण लामा ‘इन्द्र’ र रिजना तुलाधर तथा राष्ट्रियसभातर्फ पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा महासमिति सदस्य कवेलबहादुर लामा सिफारिसमा परेका छन् ।
ललितपुर क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ दिवाकर नेपाल, बाबुराजा चित्रकार, ललिता खनियाँ तथा समानुपातिकतर्फ रुकु सापकोटा, शान्ति महर्जनको नाम क्षेत्रीय कार्यसlिमतबाट सिफारिस भएको छ ।
क्षेत्रीय कार्यसमितिले राष्ट्रियसभातर्फ सुधालाल मुल्मी, प्रेमलाल महर्जन र प्रकाश केसीलाई सिफारिस गरेको छ ।
यस्तै क्षेत्र नं. ३ मा केन्द्रीय सदस्यद्वय मदनबहादुर अमात्य र धना खतिवडा, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, क्षेत्रीय सभापति महेश्वर थापा तथा बागमती प्रदेशसभा सदस्य राजीव पौडेल सिफारिस भएका छन् ।
समानुपातिकतर्फ सिफारिस हुनेमा गीता सत्याल (महासमिति सदस्य), मोदती केसी (महासमिति सदस्य), निरु खड्का (महिला संघ केन्द्रीय सदस्य), राजेन्द्रराज पौडेल (महाधिवेशन प्रतिनिधि), प्रमिला महर्जन र रेणु दुलाल रहेका छन् ।
यस्तै राष्ट्रियसभातर्फ प्रमोद शर्मा (महासमिति सदस्य), राजेन्द्र बिडारी र वेली डंगोलको नाम क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएको छ ।
प्रतिक्रिया 4