२६ मंसिर, काठमाडौं । नेकपा एमालेलाई महाधिवेशनले छपक्कै छोपेको छ । भोलि (शनिबार) भक्तपुरको सल्लाघारीमा एघारौं महाधिवेशनको उद्घाटन सत्र हुँदैछ । त्यसपछि बन्दसत्र हुँदै नेतृत्व प्रक्रिया छनोटसम्ममा एमाले पुग्दैछ ।
यसैबीच अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईबाहेक अन्यले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् ।
यसैबीच थापागाउँस्थित मदन भण्डारी फाउन्डेशनको सम्पर्क कार्यालयमा पोखरेल पक्षका नेता कार्यकर्ताहरू आफ्ना रणनीति बनाइरहेका छन् ।
उता, भक्तपुरको गुन्डुस्थित अध्यक्ष ओली निवासमा संस्थापन पक्षका नेताहरूको जमघट देखिन्छ । पार्टी कार्यालय च्यासलमा भने दुवै पक्षका नेताहरू प्रतिनिधिहरू फकाउन लागेको देखिन्छ ।
यसैबीच इतर पक्षका युवाहरू थापागाउँबाट ‘रेड मार्च’ गर्दै च्यासल पुग्दैछ । अहिले उनीहरू थापागाउँबाट रातो क्याप लगाएर रेड मार्च गर्दै च्यासल गइरहेका छन् ।
तस्वीरहरू : लिलु डुम्रे/अनलाइनखबर






प्रतिक्रिया 4