२६ मंसिर, जनकपुरधाम । नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा उम्मेदवारका लागि धनुषा क्षेत्र नम्बर १ र ४ बाट प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर-१ बाट स्थानीय नेता दिलीप ढुंगाना, भोला पजियार र मेघनाथ यादवको नाम सिफारिस भएको कांग्रेसका धनुषा सभापति योगेन्द्र पजियारले जानकारी दिए ।
यस्तै समानुपातिक तर्फ चार जनाको नाम सिफारिस भएको छ । मनोहर श्रेष्ठ, राजकिशोर सिंह, निलम साह र पुष्पलता लामाको नाम समानुपातिक तर्फ सिफारिस भएको हो ।
यो क्षेत्रमा २०७९ को चुनावमा जसपा नेपालका दिपक कार्कीले माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवलाई पराजित गर्दै जितेका थिए । त्यसअघि २०७९ सालको चुनावमा यादवले जितेका थिए ।
यस्तै धनुषा क्षेत्र नम्बर-४ बाट सहमहामन्त्री महेन्द्र यादव, जिल्ला सभापति योगेन्द्र पजियार र डा. चन्द्र मोहन यादवको नाम प्रत्यक्ष तर्फ सिफारिस भएको छ ।
समानुपातिक तर्फ भने यज्ञराज शर्मा समिर, कोमल झा, वीरेन्द्रकुमार सिंह, बासुलाल महतो, मोहनकुमार सिंह माथेमा, गुदर यादव, बजरंग यादव, रामवरण पासवान सिफारिस भएका छन् ।
यस्तै महिला तर्फ सरु लामा र भागवाना घिमिरेको नाम सिफारिस भएको सभापति पजियारले बताए ।
उनका अनुसार धनुषा क्षेत्र नम्बर-२ को उम्मेदवारको सिफारिस अझै हुन सकेको छैन ।
धनुषा क्षेत्र नम्बर ४ बाट २०७४ र २०७९ मा एमाले नेता रघुवीर महासेठ चुनाव जितेका हुन् ।
प्रतिक्रिया 4