+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई जनालाई दुई ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ।
  • चितवनको माडी नगरपालिकाका ५० वर्षीय ज्ञानराज सुवेदीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा रु आठ लाख ठगेको अभियोगमा पक्राउ परेका छन्।
  • काठमाडौँ महानगरपालिका–९ गौशाला रून्चेडाँडास्थित ओमसहारा गेष्ट हाउसमा रामेछापका ३५ वर्षीय फुर्वा तामाङ मृत फेला परेका छन्।

२६ मंसिर, काठमाडौं । प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिनालाई दुई ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

ठगी गरेको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रु आठ लाख ठगेको अभियोगमो चितवनको माडी नगरपालिकाका ५० वर्षीय ज्ञानराज सुवेदी पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका–९ गौशाला रून्चेडाँडास्थित ओमसहारा गेष्ट हाउसमा रामेछापको दोरम्बा गाउँपालिका–२ का अन्दाजी ३५ वर्षीय फुर्वा तामाङ आज मृत फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?