+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

बूढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ :  मुख्यमन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १८:१७
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन्।
  • पाण्डेले आयोजनाले जलविद्युत् विकास र प्रभावित क्षेत्रका जनताको आयआर्जनमा सहयोग पु¥याउने भएकाले यसको निरन्तरता आवश्यक रहेको बताए।
  • गण्डकी र बाग्मती प्रदेश सरकारको संयुक्त बैठक बूढीगण्डकी करिडोर क्षेत्रमा गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

२६ मंसिर, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् ।

गोरखाको भीमसेन थापा गाउँपालिका-८ महादेवटारस्थित श्री जागेश्वर माध्यामिक विद्यालयको आज आयोजित स्वर्ण जयन्ती उद्घाटन कार्यक्रममा उनले विविध कारण यसअघि निर्माण रोकिएको आयोजनाको काम तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पाण्डेले गोरखा र धादिङको सिमानामा बन्ने उक्त आयोजनाले जलविद्युत् क्षेत्रको विकासमात्र नभई प्रभावित क्षेत्रका जनताको आयआर्जनमा सहयोग पु¥याउने भएकाले यसको निरन्तरता आवश्यक रहेको बताए ।

उनले सङ्घ सरकारलाई आयोजना शीघ्र सम्पन्न गर्न दबाब दिने उद्देश्यले गोरखा र धादिङमा पर्ने बूढीगण्डकी करिडोर क्षेत्रमा गण्डकी र बाग्मती प्रदेश सरकारको संयुक्त बैठकको तयारी भइरहेको जानकारी दिए ।

‘अब आयोजना क्षेत्रका स्थानीय सरकारका प्रतिनिधिलाई पनि राखेर दुवै प्रदेश सरकारको बैठक करिडोर क्षेत्रमा गर्ने गरी छलफल भइरहेको छ, आयोजना निर्माण जसरी भए पनि छिटो सम्पन्न गर्नुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने ।

आयोजना निर्माणको अन्योलता हटाउन पटकपटक पहल गर्दै आएको बताउँदै उनले त्यसलाई मूर्तरूप दिन नसकिएको स्पष्ट पारे ।

मुख्यमन्त्री पाण्डेले सकारात्मक सोचले मात्र समृद्ध नेपाल निर्माण गर्न सकिने भन्दै देशमा केही पनि भएन भन्ने भाष्य सृजना गरेरमात्र देश नबन्ने उल्लेख गरे ।

‘अहिले सबैले ठगेर खाइरहेका छन्, सबैले लुटेर खाइरहेका छन्, सबैले भ्रष्टाचार गरेर खाइरहेका छन् भनेर भाष्य निर्माण गर्ने कोसिस भइरहेको छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘अहिले वास्ताविकता बुझ्ने प्रयास कसैले गरेका छैनन्, नकारात्मक सोच र भावनाले मात्र देश बन्दैन ।’

सबैको सामूहिक प्रयासले समृद्ध नेपाल निर्माण गर्न सकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?