+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

एमाले महाधिवेशन : १०८ जना प्रतिनिधि मनोनयन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते २०:१९

२६ मंसिर, काठमाडौं । नेकपा एमाले १०८ जना प्रतिनिधि मनोनयन गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १०८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार, महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय सचिवालय बैठकले गरेको हो ।

‘हाम्रो महाधिवेशनको निर्वाचित र पदेन आयोजकका हैसियतले भएका प्रतिनिधिहरूको कुल संख्याको ५ प्रतिशतले हुन आउने १०८ जनाको नामावली पारित गरेको छ, त्यसलाई हामीले भोलि सार्वजनिक गर्नेछौं,’ ज्ञवालीले भने ।

उक्त सदस्यहरूको नामावली भने भोलि मात्रै सार्वजनिक हुने बताइएको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उक्त नाम टुंगो लगाउने र भोलि सार्वजनिक गरिने एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?