News Summary
Generated by OK AI. Editorially reviewed.- एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल जस्तै गौरव बोकेर र धरहरा जस्तै अनेक धक्का चिरेर पनि उठ्ने शक्ति भएको बताएका छन्।
- ज्ञवालिले न्यातपोल दरबारले चार भूकम्प झेले पनि गौरवको रुपमा रहेको र धरहरा नवनिर्माणको प्रतीक भएको उल्लेख गरे।
- उनले महाधिवेशनमा न्यातपोल र धरहरालाई एमालेको इतिहास र पुनःस्थापनाको प्रतीकको रुपमा राखिएको बताए।
२७ मंसिर, काठमाडौं । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल जस्तै गौरव बोकेर र धरहरा जस्तै अनेक धक्का चिरेर पनि उठ्ने शक्ति भएको बताएका छन् ।
एमालेको ११ औं महाधिशवेशनको उद्घाटन समारोहमा बोल्दै उनले महाधिवेशनमा राखिएको न्यातपोल दरबार र धरहराको राख्नुको कारण उल्लेख गरेका छन् ।
‘न्यातपोल दरबारले चार चारवटा भूकम्प झेलेको छ र पनि गौरवको रुपमा रहेको छ’ उनले भने,’धरहरा हामीले नवनिर्माणको प्रतीकको रुपमा राखेका छौं ।’
उनले धरहरा नवनिर्माणको प्रतीकको रुपमा रहेकोको उल्लेख गर्दै जस्तै धक्का चिरेर पनि एमाले उठ्ने बताए । ‘हामीले सन्देश दिन खोजेका छौं । न्यातपोलको गौरवशाली इतिहास जस्तै र धरहरा जस्तै धरहरा जस्तै धक्का चिरेर उठ्न सक्छौं’ उनले भने ।
प्रतिक्रिया 4