+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

देश बनाउनेहरूलाई जय, देश जलाउनेहरूलाई नो : प्रदीप ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते १३:३९

२७ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २४ भदौमा नेपालले अकल्पनीय क्षति बेहोर्नुपरेको बताएका छन् ।

भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशन उद्घाटन कार्यक्रम सञ्चालन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सन १८१६ पछि नेपालले कहिल्यै युद्ध नलडेको उल्लेख गर्दै उनले २४ भदौको दृष्य भने नेपालमाथि कुनै शक्तिशाली देशले बम वर्षा गरिरहेको जस्तो गराइएको उनले बताए ।

उक्त आन्दोलनपछि जननिर्वाचित सरकार ढलेर अन्तरिम सरकार बनेको र प्रतिनिधिसभा विघटन भएको स्मरण गरे ।

आन्दोलनरत पक्षले पुराना दल र नेताहरू सक्किएको भाष्य समेत बनाउने प्रयास गरेको बताए । तर, महधिवेशनसम्म आइपुग्दा त्यस्तो भाष्य चिरिन सकेको उनले बताए ।

पुराना पार्टीहरू, पुराना नेताहरू सक्किएको भन्ने भाष्य चिर्नेगरी एमालेको महाधिवेशनमा उपस्थिति हुन सकेको भन्दै उनले देश बनाउनेहरूलाई जय, देश जलाउनेहरूलाई नो भन्ने संकल्प र सन्देश प्रवाह भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?