+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

२३ र २४ भदौको घटनामा ओलीलाई जिम्मेवार देखाउने दुष्प्रयास गरियो : शंकर पोखरेल

‘…केपी शर्मा अ‍ोलीका विरुद्धमा जुन प्रकारले प्रचारबाजी गरियो । एक प्रकारले भन्ने हो भने, २३ र २४ भदौको घटनामा हाम्रो पार्टीका अध्यक्षलाई जिम्मेवारको रूपमा चित्रण गर्ने दुष्प्रयास गरियो,’ पोखरेलले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते १३:५२

२७ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत २३ र २४ भदौको घटनामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारको रूपमा चित्रण गर्ने दुष्प्रयास गरिएको बताएका छन् ।

भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन कार्यक्रम सञ्चालन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘…केपी शर्मा अ‍ोलीका विरुद्धमा जुन प्रकारले प्रचारबाजी गरियो । एक प्रकारले भन्ने हो भने, २३ र २४ भदौको घटनामा हाम्रो पार्टीका अध्यक्षलाई जिम्मेवारको रूपमा चित्रण गर्ने दुष्प्रयास गरियो,’ उनले भने ।

तर, जेनजीको भावनामा खेलेर नेपालमा लोकतन्त्र कमजोर बनाउने प्रयास भएको उनले बताए । २३ र २४ भदौमा जुन प्रकारको घटना भए ती लोकतन्त्र विरोधी, गणतन्त्र विरोधीहरू गतिविधि रहेको पनि उनले बताए ।

मुलुकमा एक प्रकारको भय र त्रास र प्रतिगमनतर्फ धकेल्ने प्रयास भइराखेको समयमा एमालेले महाधिवेशन गरेको र महाधिवेशनको उद्घाटनमा भएको उपस्थितिले धेरैलाई जवाफ दिएको महासचिव पोखरेलले बताए ।

महाधिवेशनबाट एमालेको नीति कार्यान्वयन गर्न सक्ने नेतृत्व चयन गर्ने उनले बताए । एमाले कमजोर नभएको र अझ शक्तिशाली भएर अगाडि बढ्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?