+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस

बागमती, कोशी र गण्डकीमा आंशिक बदली

आज बिहान पौने ६ बजे गरेको मापनमा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद रुबी पौडेलले जानकारी दिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते ७:०७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस र अधिकतम १९ डिग्री सेल्सियस मापन भएको छ।
  • आज बागमती, कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ।
  • राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ।

२८ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।

आज बिहान पौने ६ बजे गरेको मापनमा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद रुबी पौडेलले जानकारी दिइन् ।

मौसम पूर्वानुमान महाशाखाले तापक्रमको अध्यावधिक विवरण पौने नौ बजे सार्वजनिक गर्नेछ ।

यसैगरी आज बागमती, कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ । अन्य प्रदेशमा भने मौसम मुख्यतया सफा रहेको मौसमविद पौडेलले बताइन् ।

आज राति पनि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?