+
+
Shares

एमालेको बन्दसत्र १२ बजेपछि, बिहान केन्द्रीय कमिटी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते ८:२६
Listen News
0:00
0:30
🔊

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो ।

बन्दसत्र भने आज भृकुटीमण्डपमा सुरु हुँदैछ । मध्याह्न सवा १२ बजेपछि बन्दसत्रका कार्यक्रम सुरु हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बन्दसत्र सुरु हुनुअघि बिहान केन्द्रीय कमिटी बैठक बस्दै छ । गौतमका अनुसार बिहान ९ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ ।

यसअघि बन्दसत्र बिहानै सुरु गर्ने तयारी गरिएको थियो । तर, त्यसअघि केन्द्रीय कमिटी बैठक बस्ने भएकोले पछि सरेको हो । यो बैठमा  बन्द सत्रलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।

नयाँ नेतृत्व चयन गर्दै एमाले महाधिवेशन सोमबार समापन गर्ने तयारी गरिएको छ ।  यसपटक अध्यक्ष केपी शर्मा ओलीसँगै  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?