+
+
Shares

भृकुटीमण्डपमा एमाले बन्दसत्र : नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

आयोजक समितिका एक सदस्य विनोद श्रेष्ठले प्रतिनिधिहरुको रिफ्रेसमेन्टदेखि नेकपा एमालेको राजनीतिक यात्राको इतिहासबारे जानकारी दिने व्यवस्था मिलाइएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १२:४०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको बन्दसत्र भृकुटीमण्डपमा २ हजार २६२ प्रतिनिधि अट्ने गरी टेन्टमा आयोजना गरिएको छ।
  • प्रदर्शनीमार्गसँगै नेकपा एमालेको राजनीतिक इतिहास र जनसंगठनको जानकारी दिने व्यवस्था गरिएको छ।
  • टिकटक पार्क नामक ठाउँमा फोटो खिच्ने र टिकटक बनाउने गतिविधि गर्न मिल्ने व्यवस्था गरिएको छ।

२८ मंसिर, काठमाडौं। नेकपा एमालेको बन्दसत्र हुने भृकुटीमण्डपमा नेपाल कम्युनिष्ट पार्टीको इतिहासबारे बुझ्ने व्यवस्थादेखि टिकटक बनाउने पार्कसम्मको व्यवस्था मिलाइएको छ ।

आयोजक समितिका एक सदस्य विनोद श्रेष्ठले प्रतिनिधिहरुको रिफ्रेसमेन्टदेखि नेकपा एमालेको राजनीतिक यात्राको इतिहासबारे जानकारी दिने व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रदर्शनीमार्गसँगै जोडिएको मुख्य प्रवेशद्वालाई आकर्षक ढंगले सजाइएको छ । सुनौलो रंग मिश्रित मुख्य प्रवेशद्वारलाई ‘गोल्डेन गेट’ नाम दिइएको छ ।

गोल्डेन गेटबाट प्रतिनिधिहरु सरासर बगैंचाभित्र प्रवेश गर्नेछन् । त्यहाँ नेपाल कम्युनिस्ट पार्टी स्थापनादेखि हालसम्मको एमालेको राजनीतिक यात्राबारे बुझ्न सकिने गरी जानकारीमुलक सामग्रीहरु राखिएको छ ।

त्यहाँबाट अगाडि बढ्दा नेकपा एमालेको जनसंगठनहरुको स्थितिबारे बुझ्न सकिने सामग्रीहरु र सूचनाबारे राखिएको छ ।

त्यसपछि फोटो खिच्ने, टिकटक बनाउने लगायतका गतिविधि गर्न मिल्ने ठाउँ समेत छुट्याइएको छ । त्यसलाई ‘टिकटक पार्क’ नाम दिइएको श्रेष्ठले जानकारी दिए ।

नेकपा एमालेको बन्दसत्रका लागि भृकुटीमण्डपको खुला चौरमा टेन्ट राखेर हल बनाइएको छ । प्रदर्शनी कक्षको हलमा भने खानपानको व्यवस्था मिलाइएको छ ।

उदघाटन समारोहको मञ्च र बन्द सत्रको हल व्यवस्थापनको जिम्मा लिएका विनोद श्रेष्ठले हलमा २ हजार २६२ प्रतिनिधिहरु अट्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।

हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशन औपचारिक उदघाटन गरेको एमालेले आजबाट नेतृत्व चयनका लागि बन्दसत्र सुरु गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?