Listen News
0:00
0:30
२८ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए । यो बैठक कार्यकालको अन्तिम बैठक हो ।
भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र भने दिउँसो १ बजेका लागि सारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4