+
+
Shares

रातामकैको अग्रसरतामा पुनःनिर्मित सातदोबाटो प्रहरी वृत्तको भवन हस्तान्तरण

२३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा उक्त भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हास्यकलाकार किरण केसीले स्थानीय समुदायको सहयोगमा सातदोबाटो प्रहरी वृत्तको नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण गरेका छन्।
  • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सुरक्षा सबैभन्दा प्रमुख कुरा भएको र नागरिक सहयोग आवश्यक रहेको बताएका छन्।
  • मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कलाकार केसीको सामाजिक कार्यको प्रशंसा गरेका छन्।

काठमाडौं । हाँस्यकलाकार किरण केसी ‘रातामकै’ को अग्रसरतामा पुनःनिर्माण गरिएको प्रहरी वृत्त सातदोबाटोको नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

२३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा उक्त भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । स्थानीय समुदायको आर्थिक र भौतिक सहयोगमा रातामकैले ३ रोपनी क्षेत्रफलमा फैलिएको भवन पुनःनिर्माण गरेका थिए ।

आइतबार बिहान आयोजित समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्कीको आतिथ्यतामा कलाकार केसीले समितिका सदस्यहरूको उपस्थितीमा भवन हस्तान्तरण गरे ।

जेनजी आन्दोलनअघिको वृत्तको भवन पनि कलाकार केसीले नै निर्माण गरेका थिए । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले सुरक्षा सबैभन्दा प्रमुख कुरा भएको बताए ।

सुरक्षा प्रदान गर्ने कार्यक्रममा नागरिकको सहयोग पनि आवश्यक रहेको जनाउँदै कार्कीले भवनको पुननिर्माणको लागि कलाकार केसी र स्थानीय समुदायलाई धन्यवाद दिए ।

महजोडीले पनि कलाकार केसीलाई यो सामाजिक कार्यको लागि धन्यवाद दिँदै कलाकारको दायित्व देश र समाजप्रति पनि हुनुपर्ने बताए । त्यो कुरालाई कलाकार केसीले पुष्टि गरेको उनीहरूले बताए ।

सो अवसरमा, पुननिर्माणमा सघाउने दाता र सहयोगीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?