२९ मंसिर, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तोकिएकै मितिमा निर्वाचन सम्पन्न नभए मुलुकको अस्तित्वमाथि नै संकट आउने खतरा रहेको बताएका छन् ।
सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री पाण्डेले फेरि निर्वाचन सार्ने, सरकार फेर्नेलगायतका काम भए मुलुक राजनीतिक अस्थिरतामा फस्ने र त्यसले झन् ठूलो संकट निम्त्याउने जिकिर गरे ।
उनले भने, ‘२१ फागुनमा जसरी पनि निर्वाचन गर्नुपर्छ । एक पटक निर्वाचन सारियो भने अथवा एउटा प्रधानमन्त्री फेरियो भने यो मुलुक फेरि राजनीतिक अस्थिरतामा कहाँ गएर फस्छ ? त्यो भन्न सकिने अवस्था छैन । त्यसैले हामीले दिएकै डेटमा, घोषणा गरिएकै डेटमा यही सरकारबाट निर्वाचन सम्पन्न गराउनुपर्छ । यदि त्यसो गर्न सकिएन भने मुलुकमा राजनीतिक अस्थिरता अझ बढ्न जान्छ ।’
उनले वर्तमान सरकारले तोकिएकै मितिमा निर्वाचन हुनेगरी आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलनपछि सुरक्षाकर्मीहरुको मनोaल कमजोर हुने काम भएकाले त्यसलाई सशक्त बनाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए ।
प्रतिक्रिया 4