News Summary
Generated by OK AI. Editorially reviewed.- सुरज पौडेल निर्देशित फिल्म 'रिहाना' ले १३ औं नेपाल मानवअधिकार चलचित्र महोत्सवमा नेपाली पानारोमा अवार्ड जितेको छ।
- महोत्सवमा २६ देशका ५० भन्दा बढी फिल्म देखाइएको थियो र 'बालअधिकार' मुख्य थिम थियो।
- अनुष्का अर्यालले उत्कृष्ट नेपाली महिला निर्देशक र नानी सारा वाकरले जुरी मेन्शन अवार्ड जितेकी छन्।
काठमाडौं । सुरज पौडेल निर्देशित फिल्म ‘रिहाना’ ले १३ औं संस्करणको नेपाल मानवअधिकार चलचित्र महोत्सवमा नेपाली पानारोमा अवार्ड जितेको छ ।
ग्रामिण परिवेशमा सुटिङ गरिएको यस फिल्ममा १३ वर्षीया बालिकाको कथा देखाइएको छ । यस वर्ष ‘बालअधिकार’ लाई मुख्य थिम बनाएर महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवअन्तर्गत उत्कृष्ट डकुमेन्ट्री सर्ट ‘एल मिना’, उत्कृष्ट फिक्सन सर्ट ‘डन्ट बी लेट माइरा’ र उत्कृष्ट फिचर ‘लाप्टिन’ ले जितेका छन् । त्यस्तै, अनुष्का अर्याल ले उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड जितिन् ।
नानी सारा वाकरले जुरी मेन्शन अवार्ड जितेकी छिन् । २५ मंसिरदेखि काठमाडौंमा सुरु भएको यस महोत्सवमा २६ देशका ५० भन्दा धेरै फिल्म देखाइएको आयोजक मानवअधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीले जानकारी दिए ।




चलचित्र विकास बोर्ड र पर्यटन बोर्डका हलमा चलचित्र देखाइएको थियो । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मी सहभागी थिए ।
कान्स, बर्लिनाले, बुसानलगायत विश्वचर्चित महोत्सवमा प्रदर्शन गरिएका फिल्म महोत्सवमा पनि देखाइएको थियो । बजिका भाषाको पहिलो फिचर फिल्म ‘अजुर’, कान्समा पाम दे ओर (लघु चलचित्र) विजेता ‘आइएम ग्ल्याड यू आर डेड नाउ’ लगायत फिल्म प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया 4