+
+
Shares

एमाले महाधिवेशन : मतदानको समय सर्‍यो, उम्मेदवार र प्रतिनिधि प्रचारमा व्यस्त

प्रदर्शनी मार्ग क्षेत्रको सडकमा एमाले कार्यकर्ताहरुको भिड देखिन्छ । त्यसैले प्रहरीले सो सडक बन्द गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते ९:४७
Listen News
0:00
0:30
🔊

१ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुनुअघि उम्मेदवारहरु र तिनका समर्थकहरु मतमाग्न व्यस्त छन् । मतदान स्थल भृकुटीमण्डपमा मत माग्दै हिँड्ने र प्रचार प्रसार गर्नेहरुको बिहानैदेखि चहलपहल छ ।

मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने भएपछि उम्मेदवारहरुले प्रचार प्रसारको समय पाएका छन् । कतिपय उम्मेदवार आफ्ना समर्थकसहित हुल बाँधेर भोट माग्दै हिँडिरहेका छन् । समर्थकहरु उम्मेदवारको नाम लिँदै नारा लगाइरहेको पनि सुनिन्छ । कतिपय भने शान्त तरिकाले भोट मागिरहेको देखिन्छ ।

प्रदर्शनी मार्ग क्षेत्रको सडकमा एमाले कार्यकर्ताहरुको भिड देखिन्छ । त्यसैले प्रहरीले सो सडक बन्द गराएको छ ।

एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकेको छ तर उम्मेदवारहरुको अन्तिम नामावली प्राप्त हुन ढिलो भएकाले मतदान पनि केही ढिलो हुने प्राविधिकहरुले बताएका छन् । विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको विवरण इन्ट्री गर्नुपर्ने भएकाले मतदान सुरु हुन चार बज्न सक्ने भोटिङ मेसिनका प्राविधिक लक्ष्मण रिमालले बताए ।

उनका अनुसार एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?