News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले ११औं राष्ट्रिय महाधिवेशनमा मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरेको छ।
- मतदान भृकुटीमण्डपमा हुने र २४०० प्रतिनिधि सहभागी हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताए।
- मतदान प्राविधिक कारणले राति ८ बजेपछि मात्र सुरु हुने र उम्मेदवारको नाम मिलाउने काम भइरहेको छ।
१ पुस, काठमाडौं । नेकपा एमालेले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन गरिँदैछ ।
मतदानका लागि भृकुटीमण्डपमा बनाइएको निर्वाचन केन्द्रमा विद्युतीय मेसिन जडान गरेर बुथ तयार गरिसकिएको छ ।
महाधिवेशनमा १०० वटा मेसिन ल्याइएको भएपनि ८० वटा मेसिन प्रयोग गर्नेगरी तयारी भएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताए ।
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने अनुमान छ । कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।
केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको भएपनि अझै सुरु भएको छैन ।
प्राविधिक प्रक्रिया मिलाउनेक्रम चलिरहेकाले राति ८ बजेपछि मात्रै मतदान सुरु हुने प्राविधिक लक्ष्मण रिमालले अनलाइनखबरसँग बताए ।
उनका अनुसार अहिले उम्मेदवारको नाम मिलाउने, फोटो कोडिङ गर्ने लगायतका काम चलिरहेको छ ।
एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
तस्वीरहरू: दिनेश गौतम/अनलाइनखबर

प्रतिक्रिया 4