+
+
Shares

निर्वाचनबाट किन्तु, परन्तु भनेर पन्छिने अवस्था छैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १७:४५
Listen News
0:00
0:30
🔊

१ पुस, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबाट किन्तु परन्तु भनेर पछि हट्ने अवस्था नरहेको बताएका छन् ।

मंगलबार सरकारसँग निर्वाचन आयोगले गरेको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कसैको कारणले निर्वाचन बिथोलियो भनेर अरूलाई आक्षेप लगाएर मुक्त हुने अवस्था नरहेको भन्दै निर्वाचन गराउन सबै लाग्नुपर्ने बताए ।

‘निर्वाचनमा कुनै किन्तु, परन्तु भनेर पछि हट्यो भने मेरो होइन, उसको कारणले निर्वाचन बिथोलियो भनेर अरूलाई आक्षेप लगाएर मुक्त हुने अवस्था हुँदैन । यो गर्नैपर्ने विकल्पविहीन निर्वाचन हो । यसलाई हरेक क्षेत्र, तह र तप्काबाट गहन रूपमा लिनुपर्छ,’ उनले भने ।

आगामी २१ फागुनका लागि सरकारले तोकेको निर्वाचन विकल्पविहीन निर्वाचन भएको उनको दाबी छ ।

हरेक क्षेत्र, तह र तप्काबाट गहन रूपमा लिएर निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको उनले बताए ।

सामाजिक सञ्जाललाई कति हदसम्म प्रचारप्रसार गर्न दिने, नकारात्मक प्रचारप्रसार गर्दा कसरी नियन्त्रण गर्ने भन्ने बारेमा सरकारले सोच्न जरुरी रहेको उनले बताउ ।

एआई प्रविधिको दुरुपयोगबारे पनि सरकारले गहन रूपमा छलफल गर्न जरुरी रहेको उनले बताए ।

उनले मतदाता नामावली उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको र १५ पुससम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने बताए ।

सबै राजनीतिक दलहरुसमेत प्रतिस्पर्धामा सहभागी हुनका लागि निर्वाचनको लक्षित दायरामा प्रवेश गरेर निर्वाचनमा जाने बताइसकेकाले निर्वाचनको वातावरण बनिसकेको बताए । मुलुक निर्वाचनमय भइसकेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?