+
+
Shares
एमाले महाधिवेशन :

प्राविधिक भन्छन् : समस्या सुल्झियो, मतदानका लागि तयार छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते ७:५७
Listen News
0:00
0:30
🔊

२ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो ।

मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण आज बिहानलाई सारिएको थियो । अब भने सबै समस्या समाधान भएकोले मेसिनहरु मतदानका लागि तयार भएको प्राविधिक लक्ष्मण रिमालले बताए ।

मतदान सुरु गर्न प्राविधिक टोली तयार भइसकेको छ । ‘अब प्राविधिक समस्या छैन । हाम्रोतर्फबाट काम सकिएको छ । निर्वाचन आयोगको आदेश आएपछि मतदान गर्न सकिन्छ’, प्राविधिक लक्ष्मण रिमालले भने ।

मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । केपी ओली र ईश्वर पोखरेल समूह प्रतिस्पर्धामा छन् ।

मतदान स्थल पनि सारिएको छ। मंगलबार ठूलो हलमा मतदान स्थल बनाइएको थियो तर त्यो हल आज अर्कैले बुक गरेकोले बन्दसत्र स्थललाई मतदान स्थल बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?