+
+
Shares

ओली र पोखरेलले भोट खसाल्न लगाए ४० मिनेट

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १०:०८

२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान गर्न ४० मिनेट लागेको छ । महासचिवका उम्मेदवार  शंकर पोख्रेल र सुरेन्द्र पाण्डेले पनि त्यत्ति नै समय लगाएको प्राविधिकहरुले जानकारी दिए ।

एमालेको एघारौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानबाट भृकुटीमण्डपमा मतदान सुरु भएको छ । मतदानको सुरुवात शीर्ष नेताहरुले गरेका थिए । ओली र पोखरेल लगायतका नेताहरु सँगै मतदान गर्न गएका थिए ।

एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।

शीर्ष नेताहरुले मतदान सुरु गरेपछि अन्य प्रतिनिधिहरुले भोट खसालिरहेका छन् । उनीहरु भोट खसाल्न लामबद्ध भएर पालो कुरिरहेका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले भोट मागिरहेका छन् ।

नयाँ नेतृत्वका लागि ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?