+
+
Shares

एमाले महाधिवेशन : भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते ११:४४

२ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा मोबाइल र उम्मेदवारको सूची लैजान रोक लगाइएको छ । सुरुमा ती लैजान दिइए पनि पछि रोक लगाइएको हो ।

केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षले आ–आफ्नो प्यानलका उम्मेदवारहरुको नामावली प्रतिनिधिहरुलाई बाँडिरहेका थिए । त्यो खबर सार्वजनिक भएपछि कडाइ गरिएको हो ।

एमाले नयाँ नेतृत्व चयनका लागि आज बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो ।  एमाले नेता राजेन्द्र गौतमका अनुसार बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ ।

एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरु छन् । यस हिसाबले मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान छ ।

मतदानको सुरुवात शीर्ष नेताहरुले गरेका थिए । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गरेका थिए । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिहरु लामबद्ध भएर पालैपालो मत खसालिरहेका छन् । प्रतिनिधिहरुको लाइनमा पुगेर उम्मेदवारहरुले भोट मागिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?