News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताएका छन्।
- श्रेष्ठले देश रहेमात्रै पार्टी रहने र देश बनाउन राजनीतिक दलहरू आवश्यक रहेको बताए।
- उनले भने, 'आवधिक चुनावलाई विश्वास गर्ने पार्टीका नेताहरू हौँ र कार्यकर्ताबाटै नेता छानिने कुरा हो।'
२ पुस, काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताएका छन् ।
बुधबार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सबै एमाले भएकाले जित, हार एमालेकै हुने उनको भनाइ थियो ।
सबैभन्दा पहिला देश रहेकाले देश रहेमात्रै पार्टी रहने पनि उनले बताए । देश बनाउन राजनीतिक दलहरू रहनुपर्ने श्रेष्ठको भनाइ छ ।
‘सबैभन्दा पहिलो कुरा देश हो । देश रहे मात्रै हामीले पार्टी बनाउँछौं । त्यसपछि मात्रै जनताको समृद्ध नेपाल र सुखी नेपाली पूरा गर्नसक्छौं । पहिला देश नै हो । देश बनाउन पार्टी बच्नु जरुरी छ । नेकपा एमालेलाई जनताको मनमनमा समेट्नुपर्छ, कार्यकर्ताबाटै नेताहरू बन्ने हो,’ उनले भने ।
‘आवधिक चुनावलाई विश्वास गर्ने पार्टीका नेताहरू हौँ । कार्यकर्ताबाट नेता छानिने कुरा हो । कुन पक्ष,विपक्ष छैनौँ । हामी सबै यहाँ एक पक्ष एमालेनै छौँ । जो राम्रा साथीहरूलाई विश्वास गर्छन्, त्यसैले नेतृत्व गर्दछ,’ उनले भने ।
प्रतिक्रिया 4